Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषामा अहिलेसम्म ३२ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप


    सोमबार, मंसिर २० २०७८
    455
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • जनकपुरधाम । धनुषा जिल्लामा असहलेसम्म ३२ प्रतिशत नागरिकले मात्रै कोरोनाको पूर्णखोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय धनुषाले सोमबार जारी गरेको तथ्यांक अनुसार अहिलेसम्म जिल्लाका ३२ प्रतिशत नागरिकले पूर्ण र ३६ प्रतिशतले एक डोज लगाएका छन् ।

    जिल्लाको कूल जनसंख्या ८ लाख ४७ हजार ८ सय मध्ये अहिलेसम्म खोपको पहिलो मात्रा १ लाख ७३ हजार ८४ र दोस्रो मात्रा १ लाख ३७ हजार ६४ जना गरि जम्मा ३ लाख १० हजार १४८ जनाले लगाएका छन् ।

    जसमध्ये १८ वर्षभन्दा माथिको उमेर समूहका १ लाख ३७ हजार ६४ जना र १२ देखि १७ वर्ष उमेर समूहका १ हजार ७ सय व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका ४ लाख १८ हजार ९२३ र १२ देखि १७ वर्ष उमेर समूहका ९४ हजार ४३२ जना अझै खोप लगाउन बाँकी रहेका छन् ।

    जिल्लामा कोभिसिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन, एस्ट्राजेनेका र फाइजर गरि पाँच प्रकारका खोप लगाइएको छ। धनुषामा कोरोना विरुद्धको खोप लगाउन छुटेकालाई अगामी मंसिर २४ देखि २८ गतेसम्म लगाइने जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जानकारी दिएको छ ।

    धनुषाका खोप अधिकृत राजदेव यादवले कोरोनाविरुद्धको भेरोसेल खोप १ लाख व्यक्तिलाई दिने कार्यक्रम रहेको बताए । जिल्लाका ६३१ वटा खोप केन्द्रहरु मार्फत् खोप लगाइने उनले बताए ।  एउटा खोप केन्द्रमा १ जना खोप लगाइदिने व्यक्ति र २ जना सहयोगी तथा जिल्लाका १ सय ६९ वटै वडामा त्यति नै संख्यामा खोप सुपरभाइजरसमेत परिचालन गरिएको उनले बताए । 

    विगतमा १ डोज लगाएका व्यक्तिहरुले पनि दोस्रो डोज लगाउन सक्ने उनले बताए । स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख युगल किशोर यादवले निर्धक्क भएर खोप लगाउन सर्वसाधारणमा आग्रह गरेका छन् । १८ वर्ष र सो भन्दा माथिका सबै नागरिकलाई  स्वास्थ्य कार्यालयमा नै  खोपको पहिलो र दोस्रो मात्रा मंसिर १६ देखि लगाउन थालिएको र २९ गतेसम्म लगाउन सकिने उनले जानकारी दिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार