Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • बैतडीमा जिप दुर्घटना, नव विवाहित जोडीको मृत्यु


    सोमबार, मंसिर २० २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएकाछन् । 

    पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा केही समय अघि मात्रै बिहे गरेका नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा २४ वर्षीय प्रेम चुनारा र २० वर्षीय मनीषा बिक रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइते ६ जनाको परिचय खुल्न बाँकी रहेको छ । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले बताए । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याउन लागेको उनले बताए । 

    दुर्घटना साँझ साढे ५ बजेतिर भएको बताइएको छ । जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भएको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार