Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भरुवा बन्दुकसहित एक युवक पक्राउ


    सोमबार, मंसिर २० २०७८
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ । खोटाङमा भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले अवैध भरुवा बन्दुकसहित ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय सञ्जय राईलाई पक्राउ गरिएको हो । 

    घरमा अवैध रूपमा भरुवा बन्दुक राखेको गोप्य सूचनाको आधारमा राईलाई आइतबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए । 

    राईको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद ४८ ग्राम, सिसाको गोली दुई थान र केप ८५ थान फेला परेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । 

    राईविरुद्ध अवैध हातहतियार खरखजना कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शाहले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।

    PaRaSa-BJaNiaPaTa.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार