Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामुदायिक वनका अध्‍यक्षविरुद्ध १८ लाख ७७ हजारको भ्रष्टाचार मुद्दा


    सोमबार, मंसिर २० २०७८
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताविरुद्ध सोमबार विशेष अदालतमा मद्दा दायर गरेको छ ।

    उपभोक्ता समितिका अध्यक्ष हरि दमाइ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंहविरुद्ध १८ लाख ७७ हजार रुपैयाँ भ्रष्टाचार गरेको कसूरमा मुद्दा दायर गरेको हो ।

    त्यस्तै समितिका सदस्य रणबहादुर बडुवालविरुद्ध पाँच लाख ५० हजार, सदस्य भरतबहादुर शाहीविरुद्ध एक लाख ५० हजार र समूहका उपभोक्ता प्रेमबहादुर सिजापतिविरुद्ध आठ लाख ८७ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।

    अख्तियारले वन समूहकी उपभोक्ता हस्तनादेवी शाहीविरुद्ध एक लाख १५ हजार र अशोक सिंहविरुद्ध २५ हजार  रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणसहित अभियोग पत्र दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

    अख्तियारले सोमबार नै वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत नायब सुब्बा दुर्गाप्रसाद पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यालय परिसरमा रहेको फोटोकपी सञ्चालकसँगको मिलेमतोमा नायब सुब्बा पोखरेलले घुस लिएको अख्तियारको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार