Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २६५ जना काेराेना संक्रमित थपिंदा ३५७ जना निको भए


    सोमबार, मंसिर २० २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २६५ जना संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    ७ हजार ११४ जनाको पिसिआर परीक्षण र १५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

    नेपालमा हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित छन् ।

    ३५७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।

    यसको संक्रमणबाट २ को मृत्यु भएको छ।  

    काठमाडौं उपत्यकामा ११२ संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा २३ र भक्तपुरमा १० संक्रमित छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार