Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्यमोहनका तस्वीरांकित पर्चा र पुस्तक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने


    सोमबार, मंसिर २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरूष संस्कृतिविद् सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्वीर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत पहल गरिने बताएकी छन्। 

    दुई वर्षअघि माघ १५ गते कोरिएका ४०० मध्ये छानिएका ४० चित्रको संग्रह क्यानभासमा ‘सत्यमोहन बा’ चित्रकला प्रदर्शनी कार्यक्रमको आज उद्घाटन गर्दै उनले नेपाली कला अनि वाङ्मयको क्षेत्रमा जोशीले पुर्‍याएको योगदानको कदर गर्दै अघि बढ्ने भनाइ राखिन्। 

    उनले भनिन्, ‘मुलुकका साथै विशेष गरी ललितपुरले जोशी जस्ता विशिष्ट व्यक्ति पाउनु अत्यन्तै गर्वको विषय रहेको छ।’

    उनले एउटै चित्रले जोशीका जीवनका बारेमा अनकौ कुरा बोल्न सक्ने भएकाले सो चित्र कोर्ने कलाकारको राष्ट्रले उच्च सम्मान गर्ने विश्वास लिएको धारणा व्यक्त गरेकी थिइन्। 

    सत्यमोहन लोक साहित्य भवनलाई आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग गर्ने जनाउँदै मन्त्री भुसालले पर्यटन मन्त्रालयलाई समेत सो काममा ध्यान दिन आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

    शताब्दीपुरूष जोशीले आफ्नो जीवन रहँदै कोरिएका चित्र प्रदर्शन गरिनु आजसम्मको सबैभन्दा सफल दिन रहेकामा खुसी व्यक्त गरे।

    उनले भने, ‘योङ पिकासोजस्ता अन्य संस्थाले पनि गाउँ-गाउँमा पुगरे यस्ता सिर्जनशील प्रतिभाको खोजी गरी बाहिर ल्याएर राष्ट्रियकरण गर्न जरूरी छ।’

    ललितपुर क्षेत्र नं २ प्रतिनिधि सभाका सांसद कृष्णलाल महर्जनले मुलुकका युवामा देखिएको चित्रकलाप्रतिको ऊर्जा र उत्साह प्रशंसनीय रहेको धारणा राख्दै सोलाई थप बढवा गर्न जरूरी रहेको औंल्याए।

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले ललितकला प्रज्ञा-प्रतिष्ठान र पिकासोले कला क्षेत्रको विकासका लागि गरेका काम उदाहरणीय रहेको उल्लेख गर्दै सो प्रदर्शनीले कलाकारको समेत सम्मान गर्दै जाने भनाइ राखिन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार