Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवा भन्छन्- कांग्रेसले एमालेले जस्तो महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन


    सोमबार, मंसिर २० २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा मानिस उतारेर शक्ति पदर्शन नगर्ने  बताएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान आफू निकट केही पत्रकारहरुसँगको कुरागर्दै उनले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने बताएका हुन् ।

     देउवाले पार्टीको अधिवेशन भएकाले एमालेले जस्ताे जनतालाई नउतार्ने बताउँदै पार्टी सभापति फेरि पनि आफ्नो दाबी रहने पजानकारी दिए ।

    कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार