Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछामका कैदीबन्दीहरूका लागि सिपमूलक तालिम


    सोमबार, मंसिर २० २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । अछामका कैदीबन्दीहरूको लागि सिपमूलक तालिम सञ्चालन गरिने भएकाे छ । सिपमूलक तालिमको सुदुरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ६ लाख आर्थिक सहयोगमा होजियारी, बाँसका मुढा, सिलाइकटाइ, हाते कढाइसम्बन्धी कैदीबन्दीहरूलाई तालिम दिइने भएको छ । 

    मन्त्री जोशीले कारगारमा रहँदा सिकेको सिपलाई कैदमुक्त भएपछि व्यवहारमा रुपान्तरण गरी जीविकोपार्जन तथा व्यवसायीक हिसावमा सहज बनाउन कैदीबन्दीलाई तालिम दिन लागेको बताइन् ।

    साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले कारागारलाई बन्दी जिवनका रूपमा नलिइ सुधार गृहका रूपमा लिनुपर्नुमा जोड दिए ।

    प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले  कानुनको पालना गर्दै कारागारभित्रै सिपमूलक तालिम लिनाले कैदमुक्त भएपछि समाजमा पुनर्स्थापना हुन सहज हुने  बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार