Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुत्केरी अस्पताल जान मर्स्याङदी गाउँपालिकाले नि:शुल्क यातायातको व्यवस्था गर्ने


    सोमबार, मंसिर २० २०७८
    550
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिकाले सुत्केरीका लागि नि:शुल्क यातायातको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको ८८औँ बैठकले पालिका भित्रका सुत्केरीका लागि स्वास्थ्य केन्द्रसम्म पुग्ने नि:शुल्क यातायातको व्यवस्था गर्ने निर्णय गरेको हो ।

    गाउँपालिकाले गर्भवतीलाई स्वास्थ्य केन्द्रमै पुगेर सुत्केरी गराउन प्रोत्साहन गराउन यातायात खर्च व्यवस्थापन गर्ने निर्णय भएकाे गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।अझै पनि पालिकाभित्रका ग्रामीण बस्तीका महिला स्वास्थ्य केन्द्र नपुगी घरमै सुत्केरी गराउने भएकाले यस्तो निर्णय गरिएको उनले बताए ।

    गाउँपालिकाले गर्भवती र  प्रसूति सेवा लिन पालिकाभित्रका बर्थिङ सेन्टर वा स्वास्थ्य केन्द्रसम्म र पालिकाबाट जिल्ला अस्पताल सम्म पुग्नुपरेमा पनि नि:शुल्क यातायातको व्यवस्था गर्ने जनाएको छ ।

    नि:शुल्क यातायात सेवाका लागि गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्ने वा एम्बुलेन्स सहज उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित व्यक्तिले व्यवस्थापन गरेको सवारीसाधनकाे भाडा तिर्न सहयाेग गरिने अध्यक्ष गुरुङले बताए । 

    कम्तीमा चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भवती परीक्षण गर्न पुकाषेलाई यसअघि पनि सरकारले यातायात खर्च दिँदै आएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार