काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–सामाजवादी)ले काभ्रेपलाञ्चोकमा सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । सो पार्टीले एकै दिन तीन वडासम्ममा कमिटी गठन गरेको हो ।
गत शनिबार मात्रै नमोबुद्ध नगरपालिका–२, रोशी गाउँपालिका–६ र तेमाल गाउँपालिका–२ मा वडा कमिटी गठन भएको पार्टीले जनाएको छ । रोशी–६ मा भने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा वडा कमिटी गठन भएको हो । स्थानीय तहमा कमिटी निर्माणपछि पार्टीको हप्ताअघि बसेको बैठकले काभ्रेमा सङ्गठन विस्तारको अभियानलाई थप तीव्रता पार्ने निर्णयअनुसार अघि बढिएको जनाइएको छ ।
काभ्रेमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठन निर्माण भइरहेको जिल्ला सचिव दिपक गौतमले जानकारी दिए । उनका अनुसार आउँदो पुस १५ गतेसम्म सबै वडामा कमिटी गठन भैसक्ने छन् । जिल्लाको छ नगर र सात गाउँपालिकामा १३५ वडा छन् ।
हालसम्म ६० वडामा कमिटी गठन भइसकेको गौतमले जानकारी दिए । “वडा कमिटी गठन गर्न जिल्ला तथा केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएअनुसार तीव्ररुपमा भइरहेको छ, आउँदो पुस १५ सम्म सक्ने योजनाअनुसार गाउँस्तरमा लागेका छौँ”, उनले भने ।
मण्डनदेउपुर नगरका सबै वडामा कमिटी निर्माण भइसकेको उक्त पार्टीका जिल्लाध्यक्ष टोकबहादुर वाइवाले बताए । वाइवा उक्त नगरको प्रमुखसमेत रहेका छन् । पार्टीले विशेष गरी वडास्तरमा पार्टी कमिटीसँगै युवा, महिला र किसान जनवर्गीय सङ्गठन घोषणा गरिरहेको छ । “हामी क्रमैसँग जनवर्गीय सङ्गठनसमेत गठन गर्दै जाने योजना बनाएका छौँ”, वाइवाले भने ।
नेकपा (एमाले)सँग विभाजन भएसँगै निर्माण भएको उक्त पार्टीमा गत भदौ अन्तिमसाता काभ्रेमा निर्वाचित ५६ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सनाखत गरेका थिए । तत्कालीन एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी सञ्चालन र मनोमानीरुपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको वाइवाले बताए ।
उक्त पार्टीमा काभ्रेपबाट नेतृत्व गर्नुभएका एमालेबाट निर्वाचित पूर्वसांसदत्रय शिवबहादुर देउजा, कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा रहेका छन् । देउजा हाल समाजवादीमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष छन् भने कृष्णप्रसाद पोलिटब्युरो सदस्य र अर्का सापकोटा केन्द्रीय सदस्य रहेका छन् । जिल्लामा हालका दुई प्रदेश सांसद पनि समाजवादीका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend