Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमबीबीएस पढाइकाे उद्घाटन गर्न आगामी आइतबार जुम्ला जाँदै राष्ट्रपति भण्डारी


    सोमबार, मंसिर २० २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी आगामी साता जुम्ला जाने भएकी छन् ।  

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेकाे एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला जान लागेकी हुन् ।

    उता, प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको जानकारी दिए । एमबीबीएस  र  प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेकाे उनले बताए ।

    प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेकाे छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार