Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुरका १५ द्वन्द्वपीडित परिवारलाई सम्मान


    आइतबार, मंसिर १९ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर। त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरीले मुलुक परिवर्तनका लागि ज्यान गुमाएका सहिदलाई सम्मान गर्नसके मात्र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफल हुने बताएकी छन् । त्रियुगा नपा ११ का सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका १५ परिवारलाई सम्मान गर्दै उपप्रमुख चौधरीले जनतासँग उपमेयर कार्यक्रमबाट द्वन्द्व पीडित तथा एकल महिलालाई केही सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

    वडाध्यक्ष विश्वराज भट्टराईले जनक्रान्तिबाट मात्र मुलुक परिवर्तन सम्भव हुने बताए । उनले द्वन्द्वपीडित परिवारको जीविकोपार्जनका लागि स्थानीय सरकारले योजना बनाउने बताए । 

    मुलुक परिवर्तनका लागि ज्यान गुमाएका परिवारलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई सार्थक बनाउन त्रियुगा नपा ११ वडा कार्यालयले आइतबार आयोजना गरेको टोल विकास संस्थासँगको अन्तरक्रिया र द्वन्द्वपीडित परिवार सम्मान कार्यक्रममा बोल्दै उनीहरूले परिवर्तनका लागि लडेकाहरूको उचित सम्मान हुनु पर्ने बताए । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार