Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरायसी झगडामा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ


    आइतबार, मंसिर १९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दमक । घरायसी झगडामा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमकबाट एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्ने  ब्यक्ति दमक–१० का ४५ वर्षीय रामकुमार लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    लिम्बूमाथि प्रहरी कार्यालयमा उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।
    उनका अनुसार यही मङ्सिर १६ गते घरायसी झगडा हुदाँ लिम्बूले आफनै ४९ वर्षीया श्रीमती घनादेवी आचार्यलाई कुटपिट गरेको र घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीमा बुझाएको जाहेरीमा उल्लेख छ । प्रहरीले घटनाका बारे थप अनुसन्धान सुरु गरेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार