चितवन । प्रेस सेन्टर नेपालको अध्यक्षमा बिष्णु सापकोटा ‘जुगल’ चयन भएका छन् । प्रेस सेन्टर नेपालको राष्ट्रिय सम्मेलनले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । शनिबार सुरु भएको सम्मेलनले १३९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत रुपमा चयन गरेको छ । अध्यक्षबाहेकका पदाधिकारीको भने टुंगो लागेको छैन ।
शनिबारदेखि सुरु भएको प्रेस सेन्टर नेपालको राष्ट्रिय सम्मेलनको उदघाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।