Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिङ्देनको तारिफ गर्दै लोहनीले भने- पार्टीले पाको नेता पाएको छ


    आइतबार, मंसिर १९ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताएका छन् । 

    कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजेन्द्र लिङ्देनसहित क्षमताशील र पाको नेता पार्टीले पाएको बताएका हुन् । 

    अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देन निरन्तर पार्टीमा क्रियाशील नेता रहेको भन्दै उनले भने, ‘उहाँ लगातार ३० वर्ष पार्टीमा काम गर्नु भएको छ । पार्टीले पाको र क्षमताशील नेता पाएको छ ।’ 

    आफूले वर्तमान नेतृत्वलाई आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको भन्दै उनले भने, ‘म नयाँ नेतृत्वको साथमा रहनेछु । पार्टी र जनताको हितमा काम गर्नेछु । यदी पार्टी र जनताविरुद्ध अहित भएमा त्यसको विरुद्धमा पनि उत्रिनेछु ।’ 

    राप्रपाको नयाँ नेतृत्व चयनसँगै अन्य पार्टीमा पनि नयाँ अनुहारको खोजी हुने उनको विश्वास छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार