Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • म्यानमारमा सेनाले कुदायो प्रदर्शनकारीमाथि गाडी, पाँच जनाको मृत्यु


    आइतबार, मंसिर १९ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको मृत्यु भएको छ।   

    समाचार संस्था रोयटर्सका अनुसार आइतबार दिउँसो रंगुनमा भएको उक्त घटनामा १५ जना घाइते भएका छन्।

    सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडिओमा सडकमा प्रदर्शनकारी हुँदा एउटा सैनिक गाडी बेतोडले आएको देखिन्छ। केही प्रदर्शनकारीलाई किचेर गाडी अघि बढेका थियो।

    म्यानमार गत वर्ष फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर कू गरेको थियो। त्यसयता जुन्ता शासनविरूद्ध भएका प्रदर्शनमा १ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। सैनिक शासनविरूद्ध अहिले पनि प्रदर्शन भइरहेका छन्।

    म्यानमारको छाया सरकारले शान्तिपूर्ण प्रदर्शनकारीलाई सैनिक गाडीले कुल्चेर मारेको र गोली हानेको घटना हृदयविदारक भएको बताएको छ। सैनिकबाट भएको बर्बरतापूर्ण आतंकवादको बदला लिने उसले चेतावनी दिएको छ।

    आइतबारको घटनाबारे सेनाले कुनै प्रतिक्रिया दिएको छैन।

    — soe zeya tun (@soezeya) December 5, 2021

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार