Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साताको पहिलो दिन सेयर बजार ७० अंकले ओरालाे


    आइतबार, मंसिर १९ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारमा भारी गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र मौद्रिक नीति समीक्षाप्रति लगानीकर्ताको असन्तुष्टिले बजार ओरालो लागेको हो । 

    आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७२.३० अंकले घटेर २५१३.८८ अंकमा झरेको छ । यसदिन २२६ कम्पनीका ८९ लाख २० हजार कित्ता सेयर किनबेच भई ४ अर्व ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

    आइतबार नेप्सेसँगै सबै समूहगत परिसूचक पनि घटेका छन् । सबैभन्दा बढि फाइनान्स समूह ४.५४ प्रतिशतले घटेको छ । 

    गत साताभरमा पनि नेप्से करिब डेढ सय अंकले घटेको थियो । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार एउटा बैंकबाट प्रति ऋणी चार करोड र सम्पूर्ण बैंकबाट कुल १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउने व्यवस्था छ । 

    यसैगरी मौद्रिक नीतिले नै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा-निक्षेप (सिडी) अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने निर्देशन दिएसँगै बजारमा तरलता अभाव भएको छ भने व्याजदर पनि बढेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार