Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दरबारमार्गकाे बिइङ ह्युमनका म्यानेजर स्रोत नखुलेको साढे ६९ लाखसहित पक्राउ


    आइतबार, मंसिर १९ २०७८
    500
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। 

    हानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट एक जनालाई पक्राउ गरिएकाे हाे ।

    प्रहरीले त्यस पसलका म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिएको मैनालीले बताए। 

    दरबारमार्ग क्षेत्रमा स्रोत नखुलेको रकम लुकाएर राखेको भन्ने सूचना प्रहरीले पाएपछि सो सूचनाको आधारमा प्रहरीको टोली गत शुक्रबार खटिएको थियो । 

    टोली बिइङ ह्युमनको कपडा पसलमा पुगेर चेकजाँच गर्दा त्यहाँ ६९ लाख ५० हजार नगद फेला पारेको थियो । म्यानेजर हिरोसी खनालले स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 

    उनीमाथि थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार