Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छिमेकीकाे लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डिभाेर्स


    आइतबार, मंसिर १९ २०७८
    435
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । छिमेकीकाे लुगा चाेरेकाे आराेप लगाउँदै इजिप्टका एक पुरुषले पत्निसँग सम्बन्ध बिच्छेद गरेका छन् ।

    समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाकाे दिन छिमेकीकाे लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनकाे पति उनीसँग ‌अ‌ागाे बनेका थिए । 

    लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएकी कुट्ने धम्की दिएकी थिइन् । लामाे समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासाे गरेकी थिइन् । आफ्ना लुगा फिर्ता नदिए प्रहरीकहाँ उजुरी गर्ने बताएकी थिइन् । ‘छिमेकीले आग्रह गर्दा पनि पत्नीले लुगा फिर्ता गरिनन् । बरु उल्टै कुटिन् ।’, उनका पतिले भने । 

    पत्निलाई छिमेकीकाे लुगा फेर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर सम्बन्ध बिच्छेदकाे निर्णयमा पुगेकाे उनले बताएका छन् । ‘ सम्बन्धबिच्छेद गर्नुअघि मैले उनकाे परिवारसँग पनि सल्लाह मागेकाे थिए ‘, उनले भने । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार