Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस सुदूरपश्चिम सभापतिमा बलायरको जीत सुनिश्चित


    आइतबार, मंसिर १९ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बिरबहादुर बलायरको जीत सुनिश्चित भएको छ । 

    प्रदेश कार्यसमितिका लागि भएको मतदानमा ९७ मत गणना गर्न  बाँकी रहदा बलायर ३७९ मत अन्तरसहित अगाडी छन् । 

    ९१० मत गणना हुँदा संस्थापन पक्षका बलायरले ६ सय ३९ मत पाएका छन् भने, इतर पक्षका मिश्रले २५० मत पाएका छन् । यसैगरी उपसभापतिमामा पनि देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको पनि जीत सुनिश्चित बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार