Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कांग्रेसकाे बागमती प्रदेश सभापतिमा बानियाँ र केसीबीच दोस्रो चरणमा चुनाव हुँदै


    आइतबार, मंसिर १९ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको छ । 

    प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्, भने जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन् । 

    कांग्रेसको विधानमा सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधानका अनुसार अब दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याएका दुई जना (बानियाँ र केसी)बीच पुनः निर्वाचन हुने छ ।

    ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्ने व्यवस्था कांग्रेसको विधानमा छ । त्यसैले आइतबार बिहान साढे एघार बजेपछि पुनः मतदान गर्ने तयारी भइरहेको निर्वाचन मण्डलका एक सदस्यले जानकारी दिए ।

    कांग्रेस बागमती प्रदेशमा कूल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार