काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला ।
राप्रपा राजनीतिमा लामो समय कप्तानी भूमिका निर्वाह गरेका थापाको त्यो कप्तानी एकता महाधिवशेनबाट झापाका राजेन्द्र लिङ्देनले खोसेका छन् ।
फुटबलदेखि टेबल टेसिनसम्मको खेलमा हम्मेसी रेड कार्ड नखाएका थापालाई राजनीतिक यात्रामा भने यसपटक राप्रपाका नेता लिङ्देनले राजनीतिक रेड कार्ड देखाइदिए ।
२०६२/०६३ मा राजाविरुद्ध तत्कालीन सात दल र अधिकांश जनता सडकमा हुँदा उनी राजा ज्ञानेन्द्रको क्याविनेटमा गृहमन्त्रीको हैसियतमा आन्दोलन दबाउन सक्रिय थिए ।
प्रतिकूल समयमा पनि राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गरेर हिँडेका थापा अन्ततः उनको एजेण्डा राख्न अनुकुल समय बन्दै गएको बेला भने अध्यक्षबाट रिङ आउट भएका छन् ।
जनआन्दोलन सुरु भएपछि राप्रपाभित्र राजालाई हेर्ने दृष्टिकोणलाई लिएर तत्कालीन नेतृत्वसँग फरक मत राख्दै २८ पुस, २०६२ मा थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल पार्टी गठन गरे ।
त्यसयता उनी सो पार्टीमा एकछत्र १७ वर्षसम्म नेतृत्वमै थिए । एकता महाधिवेशनपछि लिङ्देनले यो विरासत खोस्दा राप्रपाका अधिकांश परम्परागत शक्ति र हस्तीको साथ पाए ।
राजा र राजपरिवारलाई नजिकबाट साथ दिँदै आएका थापा यसपटक त्यहीँ राजपरिवार र आफैले लामो समय बोकेका पूर्वराजा ज्ञानेन्द्रको सद्भाव कम भएकै कारण नेतृत्वबाट बाहिरिन पुगेका छन् ।
२४ वर्षको उमेरमा अखिल नेपाल फुटबल संघको अध्यक्ष सम्हाले यता उनी राप्रपा नेपालमा निरन्तर १७ वर्ष अध्यक्ष भए ।
थापा इतरका राजावादी शक्ति गणतन्त्र र धर्म निरपेक्षतासँग सम्झौता गरेर अघि बढ्दै गर्दा राजतन्त्र भनेर हिड्ने ‘एक्ला बृहस्पति’ जस्तै थिए थापा । एक्लैको साहसले एकता महाधिवेशनसम्ममा आइपुग्दा उनले गणतन्त्रवादीसमेत अट्ने संवैधानिक राजतन्त्रको नयाँ मोडल ल्याए ।
तर यसको कार्यान्वयनको अभ्यास गराउने बेला भने उनको पार्टीको नेतृत्व ‘गैरहिन्दु’को काँधमा पुगेको छ । थापा यसलाई आफ्नो अस्वभाविक हार भएको बताएका छन् । तर आफ्नो एजेण्डा भने पार्टीले बोकेर हिँडेकोमा गर्व गर्छन् ।
चुनाव हारेर पनि पार्टीभित्र आफ्नो एजेण्डा जिताउन सफल भएका थापालाई राजनीतिले दिएको राजकीय जिम्मेवारी भने यस्तो छ :
शेरबहादुर देउवा नेतृत्वको सरकारमा २७ भदौ ०५२ देखि २९ फागुन ०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री
शेरबहादुर देउवा नेतृत्वको सरकारमा २८ असोज ०७४ मा उपप्रधानमन्त्री नियुक्त
सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २१ असोज ०५४ देखि २७ असोज ०५४ सम्म परराष्ट्र कृषिमन्त्री
लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा १२ चैत ०५३ देखि २१ असोज ०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री
राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर ०६२ देखि १९ माघ ०६३ सम्म गृहमन्त्री
सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा १८ मंसिर ०५४ देखि २ वैशाख ०५५ सम्म परराष्ट्रमन्त्री
केपी ओली नेतृत्वको सरकारमा २५ असोज ०७२ देखि २० साउन ०७३ उपप्रधानमन्त्री तथा परराष्ट्र स्थानीय विकासमन्त्री
सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा २८ जेठ ०६० देखि २८ जेठ ०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन ०७३ देखि २२ चैत ०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री
पटक पटक मन्त्री भएका थापा खेलाडी मात्र होइनन्, चर्चित गीतका रचनाकारसमेत हुन् । पार्टीको गीतदेखि लिएर उनले दर्जनौ गीत लेखिसकेका छन् ।
नायक राजेश हमालले अभिनय गरेको पहिलो चलचित्र ‘युगदेखि युगसम्म’को चर्चित गीत ‘तीन पाते डाँडा काटेर, कहाँ जान लाग्यौ सारङ्गी दाइ, पिरतीको भाका बोकेर’ बोलको गीत थापाले नै लेखेका हुन् ।
प्रकाश श्रेष्ठको स्वरमा रेकर्ड भएको ‘शुभकामना नयाँ वर्ष, नयाँ जीवनलाई’ गीत पनि थापाकै रचना हो । उनको गीतिसङ्ग्रह ‘मेरो प्यारो नेपाल’ सार्वजनिक भइसकेको छ । सो गीतिसंग्रहको ‘जहाँ म जन्मेँ, जहाँ हुर्की बढेँ, त्यही माटो… बोलको गीत सातवटा भन्दा वढी भाषामा रेकर्ड भएको छ ।
सेनामा भर्ती हुन खोज्दा तीन महिना उमेर नपुगेकै कारण नपाएका थापा अन्ततः पछिल्लो समय टेवलटेसिनसँगै राजनीतिमा जमे ।
टुक्रा टुक्रामा विभाजित भइसकेको राजावादी र हिन्दु राष्ट्रको पक्षपाती शक्तिलाई एक ठाउँमा ल्याइसकेपछि भने उनी नेतृत्वमा पराजित भएका छन् ।
थापाको खेल विरासत आफैँसँग भए पनि अबको चार वर्ष उनले राजनीतिक नेतृत्वको विरासतबाट बाहिर बस्नुपर्नेछ । एकता अधिवेशन उद्घाटनमा आफूले जिते पार्टी कहिल्यै फुट्न नदिने उद्घोष गरेका थापाको त्यो सपना अब लिङ्देनले कसरी पूरा गर्ला त्यो भने हेर्न बाँकी छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend