Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा चाैथाे व्यक्तिमा पनि देखियाे ओमिक्राेन


    आइतबार, मंसिर १९ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतमा अर्काे एक जनामा पनि काेभिडकाे ओमिक्राेन भेरियन्ट देखिएकाे छ ।

    महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्राेन देखिएकाे हाे । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्राेन भाईरसबाट संक्रमित हुनेकाे संख्या चार जना पुगेकाे छ ।

    पेसाले समुद्री इन्जियर ती व्यक्तिले काेभिडकाे दुबै खाेप लगाएका थिए । मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वराे देखिएकाे थियाे । उनकाे मुम्बईस्थित काेभिड केयर सेन्टरमा उपचार भइरहेकाे छ । 

    उनकाे सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुकाे पनि काेभिड परीक्षण गरिएकाे छ। उनीहरु सबैकाे नेगेटिभ रिपाेर्ट आएकाे प्राप्त समाचारमा जनाइएकाे छ ।

    यसअघि जाम्बियाबाट फर्किएका एक व्यक्तिमा पनि ‌ओमिक्राेन भेरयन्ट देखिएकाे थियाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार