Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इंग्लिस प्रिमियर लिग: चेल्सी पराजित हुँदा सिटीलाई शीर्षस्थान 


    आइतबार, मंसिर १९ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अघिल्लो खेलमा चेल्सी पराजित भएपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सिटीले घरेलु टोली वाट्फोर्डलाई ३–१ अन्तरले पराजित गर्दै अंक तालिकामा चेल्सीलाई पछि पार्दे शीर्षस्थानमा उक्लिएको हो । 

    सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे । घरेलु टोली वाट्फोर्डका जुआन हर्नान्डेजले एक गोल फर्काए । 

    यता, अर्काे खेलमा लिभरपुलले उल्भ्सलाई १–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । चेल्सी पराजित भएको फाइदा लिभरपुलले समेत उठाउँदै दोस्रो स्थान पायो । लिभरपुलको एक मात्रै गोलमा डिभोक ओरिजी नायक रहे । 

    यसअघि चेल्सी घरेलु टोली वेष्ट हाम युनाईटेडसँग ३–२ अन्तरले पराजित हुँदै शीर्षस्थान गुमाएको थियो । 

    जितसँगै सिटी १५ खेलबाट ३५ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ अंक छ । यता, शीर्षस्थान गुमाएको चेल्सी ३३ अंकसहित तेस्रो स्थानमा छ भने वेष्ट हाम २७ अंकसहित चौथो स्थानमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार