Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोमाञ्चक खेलमा बायर्नले डर्टमण्डलाई हरायो


    आइतबार, मंसिर १९ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा चिरपरिचित प्रतिद्वन्दी बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ ।

    डर्टमुन्डको घरेलु मैदान सिग्नल इदुना पार्कमा भएको खेलमा बायर्नले ३–२ को जित सहित शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको हो । 

    बायर्नको जितमा पोलिस फरवार्ड रोबार्ट लेवाण्डोस्कीले २ तथा किङ्स्ले कोमानले १ गोल गरे । यता, पराजित डर्टमन्डका लागि जुलिय ब्रान्डट र एर्लिङ ब्राउट हाल्याण्डले समान १ गोल गरे । 

    यो जितसँगै बायर्नले १४ खेलमा ११ जितसहित ३४ अंक बनाउँदै शीर्षस्थानमा कब्जा जमाएको छ । यता, पराजित डर्टमन्ड भने समान खेलबाट १० जितसहित ३० अंक बनाएर दोस्रो स्थानमा छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार