काठमाडौं । रातभर भएको मतगणनाको परिणामले राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेनलाई बिजयी बनाएपछि परम्परागत रुपमकै राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएको पार्टीको भविश्य के हुन्छ भन्ने विषयमा बहस सुरु भएको छ ।
हिन्दु धर्म र राजसंस्थाका कट्टर पक्षपाती सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा हुँदै कमल थापा जस्ता नेताको नेतृत्वबाट पहिलो पटक राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ ।
हिन्दू धर्मको वकालत गर्ने पार्टीका अध्यक्ष लिङ्देन भने किराँत धर्म मान्छन् । ‘हामी धर्मको महलमा किराँत लेख्छौँ,’ राजेन्द्रका भाइ तथा राप्रपा झापा क्षेत्र नम्बर ३ ‘ख’ अध्यक्ष रविन्द्र भन्छन्, ‘राप्रपाले दिएको विषय व्यक्ति र जाति विशेष हैन । पहिचानको कुरा हो । हामीलाई दोधार र अप्ठेरो हुँदैन । मेचीदेखि महाकालीका समग्र नेपालीलाई जोड्ने सनातन हिन्दू धर्म हो ।’
राप्रपाको नेतृत्व युवा पुस्तामा मात्र गएको छैन, पहिलो पटक गैर हिन्दुले राप्रपाको आगामी चार वर्षे विरासत धान्ने छन् । लिङ्देन किराँत धर्म मान्छन् । तर उनले नेतृत्व गरेको पार्टी राप्रपाका निर्वाचित सबै नेता हिन्दु धर्ममा विश्वास गर्छन् ।
पहिलो पटक गैर हिन्दुले नेतृत्व गरेको पार्टीले अब हिन्दु राष्ट्रको वकालत गर्दा लिङ्देनले अर्को एउटा चुनौती पनि सामना गर्दैछन् । प्यानल बनाएर भएको प्रतिस्पर्धामा उपाध्यक्षमा धवलमशेर राणाबाहेक लिङ्देन प्यानलका सवै पराजित भएका छन् ।
निवर्तमान संस्थापनका नेतासँग सहकार्य गरेर अब लिङदेनले राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्न कति चुनौती खेप्लान, त्यो हेर्न बाँकी छ । तर, परम्परागत नेतृत्वलाई युवा पुस्तामा ल्याउन राप्रपाका प्रतिनिधिले पुर्यएको विवेकले अन्य दललाई समेत नेतृत्व हस्तान्तरणका लागि दबाब भने अवस्य दिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend