Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिङ्देन टिमबाट एकजना मात्रै पदाधिकारी निर्वाचित


    आइतबार, मंसिर १९ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् ।

    आइतबार विहान सम्पन्न मतगणनामा दुई सय मतले पछि पार्दै लिङ्देन निर्वाचित भएका हुन् । लिङ्देन अध्यक्ष निर्वाचित भए पनि उनको प्यानल भने पराजित भयो ।

    महामन्त्रीमा धवलशम्शेर राणामात्रै लिङदेन प्यानलबाट निर्वाचित भए । धवल लिङ्देनको टिमका एकमात्र निर्वाचित पदाधिकारी बने ।

    उपाध्यक्षमा कमल थापाको प्यानलै आएको छ । विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् ।

    महामन्त्रीमा पनि महिलातर्फ चर्चित अभिनेत्री रेखा पराजित भइन् । कमल थापा प्यानलकै कुन्ती शाही निर्वाचित भइन् । त्यसैगरी महामन्त्री निर्वाचित भुवन पाठक पनि थापा प्यानलकै हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार