Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् राप्रपाका नवनिर्वाचित पदाधिकारीहरु, कसले कति मत ल्याए (सूचीसहित)


    आइतबार, मंसिर १९ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा नयाँ पदाधिकारीहरुको टुंगो लागेको छ। 

    आइतबार बिहान अध्यक्षसहित सबै पदाधिकारीहरुमा मतगणना सकिएसँगै सबै पदाधिकारीहरुको टुंगो लागेको हो। 

    यता, अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्ग्देनसँग पराजित भएको कमल थापा पक्षले त्यसपछिका पदाधिकारीहरुमा भने राम्रो स्थान हाँसिल गरेको छ। 

    निर्वाचन आयोगका अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन्। पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलमा समेटिएका उनले २५२१ भोट ल्याए ।

    यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।

    महिला उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् । उनी पनि कमल थापा पक्षकी हुन् । महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गरे ।

    यस्तै, महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनल १६४० भोट ल्याइन् ।

    यी हुन् नवनिर्वाचित राप्रपाका नयाँ पदाधिकारीहरु:

    अध्यक्ष
    राजेन्द्र लिङ्देन

    उपाध्यक्ष (खुल्ला)
    विक्रम पाण्डे
    बुद्धिमान तामाङ
    ध्रुवबहादुर प्रधान

    उपाध्यक्ष (महिला)
    रोशन कार्की

    महामन्त्री (खुल्ला)
    डा. धवलशमशेर राणा
    भुवन पाठक

    महामन्त्री (महिला)
    कुन्ती शाही

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार