दाङ। नेपाली कांग्रेस लुम्बिनी प्रदेशको अधिवेशन र नयाँ नेतृत्वमा दुई नेताहरूको विरासत जोडिएको छ । गृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री तथा केन्द्रीय सदस्य दीपक गिरी प्रदेश अधिवेशनमा आफ्नो विरासत जोगाउने प्रयासमा छन् । उम्मेदवारभन्दा पनि बढी निर्वाचनको राप यी दुईमा देखिएको छ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय मानिने खाण र संस्थापन इतरका प्रिय मानिने गिरीले आफैले प्रदेशमा उम्मेदवार तयार गरेर चुनावी प्रतिस्पर्धामा लैजाँदा दुई नेता अहिले जुंगाको लडाइमा छन् । आफैले टिकट दिएका व्यक्तिलाई जिताएर लुम्बिनी प्रदेशको आफ्नो प्रभाव जमाइ राख्ने र राजनीतिक विरासत जोगाउने प्रयास दुवैमा देखिएको छ ।
खाण कांग्रेस राजनीतिमा रुपन्देहीबाट प्रतिनिधित्व गर्दछन् भने गिरी दाङबाट प्रतिनिधित्व गर्दछन् । संस्थापन पक्षले प्रदेशको उम्मेदवार छनोटदेखि चुनावी कमाण्डर समाल्न गृहमन्त्री खाणलाई जिम्मा लिदएको छ । संस्थापन इतरले गिरीलाई आफ्नो पक्षको उम्मेदवारदेखि चुनावी कमान्ड समाल्न खटाएको छ ।
दुवै नेताले आफू अनुकूललाई सभापतिदेखि सदस्यसम्मको उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धा गराएका छन् । आफ्नो पक्षलाई जिताएर आफ्नो राजनीतिक विरासत लुम्बिनीमा यथावत् राख्ने जोगाउने दाउमा दुवै नेतालाई चुनौती देखिएको छ । लुम्बिनीमा गिरी तत्कालीन राप्ती अञ्चलबाट प्रतिनिधित्व गराउने गरी रोल्पामा अमरसिंह पुनलाई सभापतिमा उभ्याएका छन् । भने खाणले रुपन्देहीका भरतबहादुर शाहलाई सभापतिमा उभ्याएका छन् । मतदाताहरूले दुई नेतामा कसको पल्ला भारी बनाइदिएका छन् त्यो भने आइतबार सम्ममा देखिने नै छ ।
जिल्लासम्मको अधिवेशनमा दुई नेताले आफ्नो प्रभाव जिल्लामा आफू अनुकूल देखाएका छन् । गिरीले पालिका, प्रदेश सभा र प्रतिनिधि समा तथा जिल्ला नेतृत्वमा आफ्नो पक्षकालाई दाङमा जिताएका छन् । नेतृत्वमा ल्याएका छन् । खाँणले पनि आफ्नो क्षेत्रमा सबै तहको नेतृत्व आफू अनुकूल नै बनाएका छन् । तर, प्रदेशमा कसले वाजी मार्छ त्यो भने हेर्न बाँकी छ । लुम्बिनीमा ११ सय ४८ प्रतिनिधिहरू भए पनि १६ सय ३१ प्रतिनिधि मात्रै निर्वाचन प्रक्रियामा सहभागी भएका छन् ।
सभापतिका लागि संस्थापन पक्षबाट भरत कुमार शाह र संस्थापन इतरबाट अमरसिंह पुनः प्यानलसहित चुनावी मैदानमा छन् । लुम्बिनीका एक हजार ६ सय ३१ मत खसेको छ । एक हजार ६ सय ४८ मतदाता रहेकोमा १७ जना अनुपस्थित रहेका छन् । निर्वाचनबाट कांग्रेसमा १ जना प्रदेश सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सहमहामन्त्री गरी ८ जना पदाधिकारी निर्वाचित हुने छन् । खुल्ला सदस्य १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुल्लामा ५ महिलासहित १७ जना निर्वाचित हुनेछन् ।
त्यस्तै खस आर्यतर्फ ४ महिलासहित ८ जना, आदिवासी जनजातिमा २ महिलासहित ५ जना, मधेसी कोटामा २ महिलासहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित २ जना र अल्पसंख्यक वा अपांङग मध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति निर्वाचित हुने छ । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend