Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला सम्पन्न, आइतबार धनुष यज्ञ


    शनिबार, मंसिर १८ २०७८
    500
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत दोस्रो दिन शनिबार फूलबारी लीला मनाइएको छ । 

    फूलबारी लीलामा फूलबारीमा भगवान् राम र लक्ष्मणको प्रतिकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइन्छ । सप्ताहव्यापी मनाइने महोत्सवको पहिलो दिन शुक्रबार नगरदर्शन सम्पन्न भएको थियो ।

    त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँग फूल टिप्न आएकी जानकीसँग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ । 

    सोही अनुसार विवाहपञ्चमी महोत्सवमा दोस्रो दिन फूलबारी लीलामा घुमाउँदै राम लक्ष्मण र सीताको भेटघाट गराउने चलन रहेको जानकी मन्दिरका छोटा महन्त रोशन दासले बताए । 

    २३  मंसिर सम्म चल्ने विवाहपञ्चमी महोत्सवमा अन्तर्गत तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ औ दिन मटकोर, छटौं दिन स्वयंवर र विवाह सातौँ दिन  रामकलेवा हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार