Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारत लैजान लागेको १ क्वीन्टलभन्दा बढी गाँजा बरामद, ३ जना पक्राउ


    शनिबार, मंसिर १८ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जलेश्वर । महोत्तरीको एकडाँडा गाउँपालिका वडा नम्बर ५ को गेना बथानाहामा १ क्वीन्टल भन्दा बढी गाँजा बरामद भएको छ । शुक्रबार राति ९ बजे महोत्तरी एकडाँडा गाउँपालिका वडा नं. ५ मा पर्ने उक्त स्थानमा गस्तीमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासको स्क्वाड टोलीले भारततर्फ लान लागेको १ सय १ केजी ५० ग्राम गाँजा बरामद गरेको हो ।

    सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार मन्तोषकुमार सिंह नेतृत्वको ५ जनाको स्क्वाड टोलीले चेक जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ गाँजा तस्करी गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

     टाउकोमा बोकी लैजाँदै गरेको प्रतिबन्धित लागूऔषध गाँजा १ सय १ किलो ५० ग्रामसहित उनीहरुलाई  नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ । भारततर्फ गाँजा लाँदै गर्दा पक्राउ पर्नेहरुमा महोत्तरी एकडाडा ५ बस्ने ३६ बर्षीय रमेश पासवान, एकडाडा ५ कै बर्ष ६० का राम खेलावन मण्डल र महोत्तरी जलेश्वर नगरपालिका ७ बस्ने बर्ष ५० का सुरेश यादव छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार