Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • बागमती प्रदेश: ८ मन्त्रालय फुटाएर १४ पुर्याइयो (सूचीसहित)


    शनिबार, मंसिर १८ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मकवानपुर । बागमती प्रदेश सरकारले यसअघि कायम रहेको ८ मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएको छ । 

    स्रोतका अनुसार सरकारमा आबद्ध दलहरूलाई भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरिएको हो । भागबण्डा नमिल्दा कसले कुन र कति मन्त्रालय पाउने भन्ने बारे गठबन्धनका दलहरूबीच सहमति हुन सकेको थिएन ।

    सरकारले मन्त्रालय थप गरेको सूचना राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । प्रदेश सरकार स्थापनाका बखत बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ७ मन्त्रालय थिए । 

    तत्कालीन समयमा प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय रहेका थिए ।

    बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नेतृत्वमा  गठबन्धनको सरकार रहेको छ । प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस र जनता समाजवादी पार्टी सहभागी रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार