Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ६७ किसानलाई नगद राहत, अपांगता भएका २८ जनालाई सहयोग


    शनिबार, मंसिर १८ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • धनकुटा । छथर जोरपाटी गाउँपालिकाले असिनापीडित ६७ किसानलाई राहत वितरण गरेकाे छ । अपाङ्गता भएका २८ जनालाई सहयाेग पनि गरेकाे छ । 

    पालिकाले ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा ६७ किसानलाई नगद राहत र अपांगता भएकालाई नगद र यन्त्र सहयोग गरेको हो ।

    तरकारी खेतीतर्फ पूर्ण क्षति भएका २२,आंशिक, २० सामान्य २३  र बाली क्षतितर्फ दुई परिवारलाई राहत दिइएको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिए ।  पूर्ण क्षति भएका किसानलाई १५ हजार,आंशिकलाई १० हजार,सामान्यलाई ५ हजारका दरले र बाली क्षति भएका १-१ परिवारलाई क्रमशः ५ हजार र ७ हजार ५ सय गरी ६ लाख ४२ हजार ५ सय बरावरको राहत दिइएको छ ।

    १६ जना अपांगता भएका व्यक्तिलाई श्रवण यन्त्र र १२ जना अपांगता भएका व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ । शिविर सञ्चालनका क्रममा चिकित्सकले सिफारिस गरेकालाई श्रवण यन्त्र र आर्थिक अवस्था कमजोर भएका ‘ग’ र ‘घ’ वर्गका अपांगता भएकालाई नगद ५ हजारका दरले सहयोग गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार