Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी र सशस्त्रकै मिलेमतोमा तस्करी, डीआइजी ठाडामगर र रंजितकारकै संरक्षण   


    शुक्रबार, मंसिर १७ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बीरगञ्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सेटिङमा भन्सार छली गर्ने क्रम बढेको छ । इनर्वा भन्सारबाट प्रहरी र सशस्त्रकै आँखा अगाडिबाट तस्करी हुँदैआएको छ । नेपाल प्रहरीको इनर्वास्थित प्रहरीका प्रमुख सई ताराबहादुर पाण्डे र सशस्त्र प्रहरी बलको भन्सारस्थित बीओपीको सेटिङमा तस्करी सुचारु भइरहेको छ । सशस्त्र प्रहरीको तर्फबाट तस्करीको सेटिङ मिलाउने काम असई तिलक थापाले गर्दैआएका छन् । धेरै लामो समयदेखि पर्साका विभिन्न युनिट मात्रै नभएर भन्सारमा कार्यरत थापाको कनेक्सन तस्करदेखि व्यापारीहरूसँग रहेको छ ।

    धेरै विवाद र बदनाम भए पनि उनलाई कुनै पनि गणपतिदेखि बाहिनीपतिले पर्साबाट हटाउन सकेका छैनन् । धेरै व्यापारीहरूले त सशस्त्रको भन्सारस्थित बीओपीको प्रमुख नै यिनै असई तिलक थापा नै भएको महसुस गर्न थालेका छन् ? भोलि संगठनको नेतृत्व सम्हाल्ने हालका बाहिनीपति डीआइजी गणेश ठाडामगरले समेत उनलाई नहटाई संरक्षण गरेका छन् । डीआइजी टाडा मगरको संरक्षण पाएका उनीमाथि गणपतिले कारबाही गर्नसक्ने कुरै भएन ।

    नेपाल प्रहरीको हकमा भने सई तारा आफैंले तस्कर र व्यापारीहरूसँग डिलिङ गर्ने गरेको व्यापारीहरू बताउँछन् । दरवन्दी पर्सा बाहिर भए पनि सई पाण्डेलाई दरबन्दीमा नपठाई मुख्य भन्सार नाकाको चौकी प्रमुख बनाइएको छ । दरबन्दी भएर पनि जिल्लामा थन्किएका धेरै सईहरूले आफूहरूको भाग खोसेको समेत बताउँदै आएका छन् । पर्सामा एसपी रमेश बस्नेत भर्खरै गएका छन् । प्रदेश २ प्रहरी कार्यालय स्रोतका अनुसार डीआइजी उमेश रंजितकारले तस्करी सुचारु गरेको थाहा पाए पनि काजका सई तारालाई यथावत राख्नुले यसमा उनको समेत संरक्षण रहेको पुष्टि हुन्छ ।

    अहिले मुख्य भन्सारबाट पेट्रोल र डिजेलको ठूलो तस्करी चलिरहेको छ । दैनिक बीस वटा मोटरसाइकल ,र  पचास भन्दा बढी साइकलबाट एक पटकमा सय लिटर भन्दा बढी पेट्रोल र डिजेल पच्चीस भन्दा बढी पटक भारततर्फ तस्करी गरिरहेका छन् ।

    त्यसैगरी भारतीय नम्बरका तीन वटा ट्याक्टरले पनि दिनमा पाँच पटकसम्म सयौं लिटर पेट्रोल र डिजेल तस्करी गरिरहेका छन् । यसरी तस्करी गराउन सहयोग गरेबापत दुवै प्रहरीलाई उनीहरूले मोटो रकम दिदै आएका छन् ।

    यसबाहेक यो नाकाबाट तस्करीको लाइन पाउनेहरूमा ज्योति यादव, मालती, मुस्ताक, अरबिन्द, मुन्ना, सेखावतले कपडाको तस्करीको लाइन पाएका छन भने मिराले माछाको लाइन पाएका छन् । कवाडी र खसीको तस्करी पनि व्यापक चलेको छ ।

    अहिले भन्सारस्थित सशस्त्रको बीओपी प्रमुखको रूपमा बाहिनीबाट निरीक्षक प्रकाशजंग कार्की आएका छन् । उनले कडाइ गरे पनि असई तिलक थापाको सेटिङले सकिरहेका छैनन् । असई तिलक थापाले बाहिनीपति गणेश ठाडा मगरका बडीगार्ड बरिष्ठ हवल्दार राजु मगरको नजिकैको सम्बन्ध रहेको कारण पनि आफूलाई कसैले हटाउन नसक्ने बताउँदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार