काठमाडौं । सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङविरुद्ध ठगी आरोपमा २८४ पृष्ठ लामो अभियोगपत्रसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काे अनुसन्धानकाे आधारमा जिल्ला सरकारी वकिल कार्यालयले तामाङविरुद्ध ५ अर्ब ६७ करोड रुपैयाँ विगो माग दावी गर्दै मुद्दा दायर गरेको हो ।
सिभिल वचत तथा ऋण सहकारी संस्थामा पैसा वचत गरेकाहरुले आफ्नो रकम फिर्ता नपाएको भन्दै तामाङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी गरेका थिए ।
त्यसका आधारमा प्रहरीले ठगी मुद्दामा गत असोज १९ गते सीआईबीले तामाङलाई पक्राउ गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगाप्रसाद पौडेलले तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अनुसार ठगी र संगठित अपराध मुद्दा दायर गरेको बताए ।
उनका अनुसार ४२ जना विरुद्ध मुद्दा दायर भएपनि १२ जनामात्रै पक्राउ परेका छन् ।