बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट भरत शाह र संस्थापनइतरबाट अमरसिंह पुनले शुक्रबार उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै दुई जना प्रदेश उपसभापतिका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उपसभापतिमा अष्टभुजा पाठक, भुवन श्रेष्ठ, राजु खनाल र सुधाकर पाण्डेले मनोनयन दर्ता गराएका हुन् । पाठक र श्रेष्ठ रामचन्द्र पौडेल समूहका हुन् भने खनाल र पाण्डे संस्थापननिकट हुन् ।
दुईजना महामन्त्री पदका लागि भने पाँच जनाको उम्मेदवारी परेको छ । जसअनुसार खिमानसिंह रायमाझी, जन्मजय तिमिल्सिना, ताराप्रसाद फुल्लेल, विक्रम खनाल र सुरेन्द्रराज आचार्यले उम्मेदवारी दिएका हुन् । जसमा खनाल र आचार्य पौडेल पक्षका हुन् भने बाँकी तीन जना संस्थापन समूहका हुन् ।
त्यसैगरी सहमहामन्त्री (महिला) मा दुई जना र पुरुषमा चार जनाको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक बुद्धबहादुर थापाले जानकारी दिए । कांग्रेसका दुवै समूह प्यानल बनाएर चुनावी प्रचारमा जुटेका छन् ।
शनिबार बिहान साढे ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ । यसअघि शुक्रबारै कांग्रेसको संस्थापनइतर समूहले भैरहवामा पत्रकार सम्मेलन गरी आफ्नो प्यानलका उम्मेदवार सार्वजनिक गरेको थियो ।
देउवा पक्षले भने बिहीबार नै आफ्ना उम्मेदवार सार्वजनिक गरेको थियो । चुनावमा दुवै पक्षले जित्ने दाबी गरेका छन् । संस्थापन समूहका सभापतिका उम्मेदवार शाहले आफ्नो जित निश्चित रहेको बताउँदै कांग्रेसलाई अझ एकताबद्ध बनाएर लैजाने बताए ।
संस्थापनइतर समूहका सभापतिका उम्मेदवार पुनले जिल्ला अधिवेशनको परिणामले प्रदेशको निर्वाचनको परिणाम पनि आफ्नो पक्षमा पर्ने स्पष्ट देखिएको भन्दै आफ्नो योगदानलाई प्रतिनिधिले मूल्यांकन गर्ने बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend