काठमाडौं । राप्रपाको एकता महाधिवेशन गत बुधबारबाट काठमाडौंमा जारी छ । शुक्रबार मनोनयन दर्ता गरिएको छ । कमल थापा र राजेन्द्र लिङ्देन समूह नेतृत्वको प्रतिस्पर्धामा छ । दुवै समूहले वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डेको नाम उल्लेख गर्दै आएको भए पनि अन्तिममा पाण्डेले लिङ्देन समूहमा रहेको खुल्दै भोट माग्न थालेका छन् ।
पाण्डे आफ्नो समूहमा रहेको दुवै समूहले दाबी गर्दै आइरहेका बेला उनी लिङ्देन समूहमा खुलेका हुन् ।
थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की, महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् ।
थापा प्यानलबाट उपाध्यक्षमा मनोनयन दर्ता गरिएका पाण्डेको लिङ्देन समूहबाट पनि वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता भएको थियो । थापा समूहमा नगई पाण्डे अहिलले लिङ्देन समूहबाट भोग माग्न थालेका छन् । योसँगै पाण्डे लिङ्देन समूहमा रहेका स्पष्ट भएको छ ।
लिङ्देन समूहबाट उपाध्यक्षमा पाण्डेसहित दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिएका छन् । लिङ्देन पक्षबाट महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना, रेखा थापाले उम्मेदवारी दिएका छन् ।
नेतृत्व चयनका लागि शनिबार मतदान हुँदै छ । अध्यक्ष पदको मतपत्र र बाँकीको भोटिङ मेसिनबाट मतदान गरिनेछ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend