Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोह्रखुट्टेमा भीषण आगलागी, नियन्त्रणका लागि ६ दमकल खटाइयो


    शुक्रबार, मंसिर १७ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ ।

    महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका अनुसार शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।

    महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    आगलागीबाट के कति क्षति भएको छ भन्नेबारे यकिन बिवरण आइनसकेको दाहालले बताए।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार