Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द


    शुक्रबार, मंसिर १७ २०७८
    380
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा बिहीबारदेखि अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा बिहीबार बिहानदेखि हिमपात र वर्षा भएसँगै हवाई यातायात बन्द हुन पुगेको छ ।

    खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएपछि सिमकोटमा दैनिक उपाभोग्य वस्तु भित्रिएको छैन् । दुई दिन लगातार सिमकोटमा पानी परिरहेका कारण हवाई सेवा अवरुद्ध हुनुका साथै खाद्यान्नदेखि दैनिक उपभोग्य सामग्री ढुवान हुन नसकेको हो । यस्तै जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने जिल्ला बाहिर नेपालगञ्जबाट हुम्ला पुग्ने यात्रु उतै रोकिएका हुन् ।

    सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न समस्या बनाएको छ । सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा बिहीबारदेखि निरन्तर पानी परिरहेको छ भने उत्तरी हुम्लामा हिमपात भइरहेको छ ।

    मौसममा फेरबदल आउँदा सिमकोटमा चिसो बढेको हो । चिसोका कारण कमै मात्र सेवाग्राही सेवा लिन आएको सनलाइफ इन्सोरेन्सका कर्मचारी धनबहादुर भण्डारीले बताए । हिमपात र वर्षाका कारण यस वर्ष हुम्लामा चिसो अत्यधिक बढेको छ । उत्तरी हुम्लामा हिमपातले विकास निर्माणका कार्यसमेत प्रभावित भएका छन् । हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार