Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पुन: संसद् चलन नदिने संकेत गर्दै ओलीले भने- एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद कसरी चल्न सक्छ ?


    शुक्रबार, मंसिर १७ २०७८
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् ।

    केही दिनअघि मात्रै चितवनमा सम्पन्न भएको पार्टीको १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने जिकिर गरका हुन् ।

    आफूहरुले वैधानिक ढंगले निष्कासन गरेकाे सांसदलाई सभामा राख्नु स्वीकार्य नहुने भन्दै उनले उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन  । 

    अध्यक्ष ओलीले अदालतमा देखिएको अवस्था पाँचदलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको बताए  । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गरेको आरोप समेत लगाए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार