Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानमा प्रधानमन्त्रीकाे अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् मन्त्री


    शुक्रबार, मंसिर १७ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा राेक लगाएकाे विवरणहरु सार्वजनिक भएका छन् ।

    आफू सामान्यतया विदेश भ्रमण नगरेकाे र अन्य मन्त्रीहरुलाई पनि आफ्नाे अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएकाे विवरणहरुमा जनाइएकाे छ । 

    सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देशकाे जल्दाेबल्दाे समस्या समाधान गर्नुपर्ने उनकाे भनाई छ । सामान्य गाेष्ठी वा सम्मेलनकाे बहानामा सकभर मन्त्रीले विदेश भ्रमण गर्न नहुने उनकाे सुझाव छ । ‘हाम्रा लागि विदेश भ्रमणभन्दा सरकारी काम पहिलाे प्रथमिकता हाे,’ खानले भनेका छन् । 

    यसैबीच, काेभिड संक्रमणकाे नयाँ भाइरस ओमिक्राेनकाे त्रास बढिरहेका बेला खाेपसम्बन्धी नयाँ याेजना घाेषणाा गरेकाे छ । सरकारले स्वास्थ्यकर्मी र ५० वर्षमाथिका मानिसहरुलाइ बुस्टर डाेज दिने भएकाे छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार