काठमाडौं। प्रहरीले १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टाेलीले कास्की पोखरा महानगरपालिका-१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेललाई पक्राउ गरेको हो ।
उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार एयरपोर्टबाट पक्राउ गरिएकाे अपराध महाशाखा स्राेतले बताएकाे छ ।
भण्डारी र भुजेलले सञ्जाल फेसबुकमार्फत आफूहरु मलेसियामा डा.बेन्जामिन फ्रान्कलिन नामक व्यक्तिबाट ठगिएको भन्दै पीडितलाई भण्डारीको नामको गरिमा बिकास बैकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिहरुबाट थप रकम समेत गरी उक्त नगद पठाउन लगाइ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरुमाथि महानगरीय प्रहरी परिसर टेकु आवश्यक अनुसन्धान भइरहेकाे छ ।