तेह्रथुम । नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोस्राे पालिका सम्मेलनद्वारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ ।
जिल्लाको छथर गाउँपालिकाको अध्यक्ष अनिल आङ्खेवा, उपाध्यक्ष डोलेन तिगेला, निरोज निरौला, डुढेन्द्र कटुवाल, सचिव लिलम खुलाल, सहसचिव नारायण लिम्बु र कोषाध्यक्ष मार्था कङ्दन्वा चयन भएका छन ।
त्यस्तै लालिगुराँस नगरपालिकामा अध्यक्ष छिरिङ लामा, उपाध्यक्ष दिलप्रसाद लिम्बू, टेकबहादुर मगर, टिका लिम्बू, सचिव हजेन्द्र संग्रौला, सहसचिव पूर्ण पौड्याल र कोषाध्यक्षमा सिम्पल पिठा चयन भएका छन् ।
त्यस्तै म्याङलुङ नगरपालिकामा अध्यक्ष दिपक कट्टेल, उपाध्यक्ष सोभा दाहाल, नुमबहादुर लिम्बू सन्तोस थेगुवा, सचिव प्रेम खड्का, सहसचिव थानेश्वर सोदेम्बा र कोषाध्यक्ष मंगला नेपाली चयन भएको माओवादी केन्द्र तेह्रथुमका जिल्ला समन्वय समितिका संयोजक ईन्द्र इम्सङले जानकारी दिए ।
मेन्छेयाम गाउँपालिका अध्यक्ष मनकुमार लिम्बु क्षितिज, उपाध्यक्ष बमबहादुर पंधाक, फुर्वा शेर्पा, कर्ण तामाग्ङ, सचिव योगेस भट्टराई, सहसचिव सुवास ढकाल, कोषाध्यक्ष सिता तामाङ चयन भएका छन ।
फेदाप गाउँपालिकामा अध्यक्ष टीका पयांगु , उपाध्यक्ष दयाराम भट्टराई , गौरी सापकोटा , रामेश्वर सुवेदी, सचिव शिव कुरुङवाङ, सहसचिव भिम भट्टराई र कोषाध्यक्ष प्रमिला लिम्बू चयन भएका छन् । आठराई गाउँपालिकाको अध्यक्षमा गणेश बिमली, उपाध्यक्ष जय कन्दङवा, उपाध्यक्ष रमिला खनाल, उपाध्यक्ष रत्न मणि ओली, सचिव रुद्र फोम्वो, सहसचिव सागर थिङलाबु र कोषाध्यक्षमा अन्जना पौठाक चयन भएका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend