Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज


    शुक्रबार, मंसिर १७ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् । 

    कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

    १३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे  ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका अस्पातलले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । 

    अस्पतालले जारी गरेको विज्ञप्ति 

    सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्रशमशेर जबराज्यू, मिति २०७४/०८/१३ गतेदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहनु भएकोमा आज मिति २०७८/०८/१७ गते बिहान ०९ः३० बजे स्वास्थ्य लाभ गरी यस अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । सम्माननीयज्यूको पुर्ण स्वास्थ्य लाभको कामना गर्दछौ ।

    APF.jpg-1.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार