Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवेकशील साझा, जनता दरबार र सिटिजन्स डिस्कसनबीच भोलि एकता हुँदै


    शुक्रबार, मंसिर १७ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच शनिबार पार्टी एकता घोषणा हुने भएको छ । 

    विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार वैकल्पिक शक्ति निर्माण गर्न तीन पार्टीबीच एकता घोषणा हुन लागेको हो । 

    रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा, कर्णबहादुर शाही संयोजक रहेको सिटिजन्स र एसपी शाह सारथी अध्यक्ष रहेको जनता दरबारबीच शनिबार दिउँसो १ बजे जाउलाखेलमा पार्टी एकता घोषणा हुन लागेको हो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार