Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हलेसी मेलामा तुवाचुङ नगरपालिकाले दियाे सार्वजनिक बिदा


    शुक्रबार, मंसिर १७ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • खोटाङ ।  बालाचतुर्दशी मेलाका अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

    त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्षित गरी नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

    स्थानीय बासिन्दा बालाचतुर्दशी मेला दर्शन गर्न जाने भएकाले बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीकिरण आचार्यले जानकारी दिए ।  

    हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा लाग्ने मेलालाई बृहत् बनाउन नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

    बालाचतुर्दर्शीको अवसरमा बिहीबारदेखि हलेसीमा ठूलो मेला सुरु भएको हाे । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि दर्शनार्थीको बाक्लो भीड लाग्ने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार