जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसले तीनै तहको चुनाव एक्लै लड्ने बताएका छन् ।
बिहीबार जनकपुरमा कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति निधीले बहुतको सरकारको लागि कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्नुपर्ने बताए । संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै उपसभापति निधीले भने, ‘यदि हामी अन्य पार्टीसँग चुनावमा सहकार्य गरेर गयौ भने कांग्रेसको सिट कम हुन जान्छ । यस्तोमा कांग्रेसले चुनावमा बहुमत ल्याउन सक्दैन । त्यसैले प्रतिनिधि सभाको १६५ सिट, प्रदेश सभाको ३३० सिट, पालिकाको ७५३ सिट र वडाको ६ हजार ७४३ वटै सिटमा कांग्रेसले एक्कै उम्मेदवारी दिनुपर्छ ।’
कांग्रेसको लागि मधेस उर्वराभूमि रहेको निधीले बताए । कम्युनिस्ट वा कथित मदेसवादी दलहरूले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्ने निधीको दाबी छ ।
‘नेपालको हरेक राजनीतिक परिवर्तनको अगुवाइ कांग्रेसले गरेको छ । संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत पनि कांग्रेसले मात्रै गर्न सक्छन् । त्यसकारण हामी अन्य पार्टीभन्दा कांग्रेस जनताप्रति बढी जबाफदेही छौं,’ उनले भने । पार्टीको १४औं महाधिवेशन निर्वाचनको महाधिवेशन रहेकोले यो महाधिवेशनबाट पार्टीको कुनै नीति तथा कार्यक्रम वा कुनै प्रस्ताव पास नहुने उपसभापति निधीले बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश २ का अधिवेशन संयोजक रमेश रिमालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादवलगायतकाले मन्तव्य राखेका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend