Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिद्वारा मंसिर २८ गते संसद अधिवेशन आह्वान


    बिहिबार, मंसिर १६ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन बोलाएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकको सिफारिस गरे अनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन बोलाएकी हुन् । मंसिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन बोलाइएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्‌को वर्षे अधिवेशन अन्त्य गरिएको थियो । 

    अघिल्लो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै संसद अवरुद्ध गर्दैआएको थियो । यो अधिवेशनमा भने एमालेले के गर्छ भन्ने सो पार्टीको धारणा सार्वजनिक भएको छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार