Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजेन्द्र लिङ्देनको प्यानलमा धवलशमशेर राणादेखि रेखा थापासम्म 


    बिहिबार, मंसिर १६ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानलका उम्मेदवारहरुको टुंगो लगाएका छन् । बुधबारबाट सुरू भएको राप्रपा महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको आफ्नो प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिने नेताहरूको नामलाई अन्तिम रुप दिएका छन्् ।

    लिङ्देनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लिला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

    यसैगरी महामन्त्रीमा डा. धवलशमशेर राणा, रामचन्द्र तिमल्सिना र रेखा थापाले उम्मेदवारी दिने गरी लिङ्देनले नाम टुंग्याएका राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । 
    महाधिवेशन प्रतिनिधिको विवाद नटुंगिएकाले शुक्रबार मनोनयन दर्ता हुने भएको छ ।

    राप्रपाको महामन्त्रीमा भने रोचक प्रतिस्पर्धा हुने भएको छ । लिङ्देनको पक्षबाट महामन्त्रीमा नायिका रेखा थापा र कमल थापाको पक्षबाट कुन्ती शाही उम्मेदवार हुँदैछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार