सुर्खेत। नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले अधिवेशनको व्यवस्थापन कमजोर भएको बताएका छन् । प्रतिनीधिहरूले बासस्थानदेखि अधिवेशनस्थलसम्म व्यवस्थित नभएको आरोप लगाएका हुन् ।
अधिवेशनमा सहभागीलाई बासस्थानका लागि होटेलको व्यवस्थापन कमजोर भएको, प्रतिनिधिहरूलाई दिएको प्रतिनिधि कार्ड पनि आधिकारीक हस्ताक्षर नभएको, झोला कागजको स्टीकर टाँसिएको जस्ता आरोप लगाएका हुन् ।
आफूले महाधिवेशनमा सहभागी शुल्क दुई हजार रुपैयाँ तिरेको बताउँदै हुम्ला हिमा गाउँपालिकाबाट प्रदेश प्रतिनिधिमा चयन भएका एक सहभागीले भने, ‘हामीलाई यति फोहोर भएको होटलमा बसालियो । जहाँ खाना बस्न र सुत्नलायक होटेल थिएन । पैसा बढी लिएर भए पनि राम्रो ठाउँमा राखेको भए हुन्थ्यो ।’
हिले डिजिटल युगमा पनि कार्डमा आधिकारीक हस्ताक्षर नहुनु एक प्रकारको लापरवाही भएको कालिकोटबाट सहभागी एक प्रतिनिधिले बताए । ‘कार्डमा आधिकारीक हस्ताक्षर छैन । यो शुल्क लिएर कार्ड त राम्रो दिनुपर्याे नि’, उनले भने, ‘आधिकारीक हस्ताक्षर नभएको कार्डलाई कसरी आधिकारिक मान्ने ?’
कार्डमा पार्टीको लेटर हेड भए पनि आधिकारिक छाप नभएको ती सहभागीले बताए । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend